दफा १६
प्रशिक्षार्थीलाई काममा लगाउन सकिने
: (१) कुनै प्रतिष्ठानले कुनै शिक्षण संस्थासँग सम्झौता गरी त्यस्तो संस्थाको स्वीकृत पाठ्यक्रम अनुसार कुनै व्यक्तिलाई प्रशिक्षार्थीको रुपमा काममा लगाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको प्रशिक्षार्थीलाई यस ऐनको प्रयोजनको लागि श्रमिक मानिने छैन ।
तर स्वीकृत पाठ्यक्रम विपरीत काममा लगाएमा निजलाई नियमित रोजगारीमा रहेको श्रमिक मानिनेछ ।